काठमाडौं, ५ पुस । स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले तीन अंकको अग्रता कायम गरेको छ । इल्चलाई ३-१ गोलले हराएसँगै शीर्ष स्थानमा रहेको मड्रिडले २९ अंक बनाएको हो । एट्लेटिको मड्रिडभन्दा २ खेल बढी खेलेको रियल सोसिडाडको २६ अंक रहेको छ ।
घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन लुइस स्वारेजले २ र डिएगो कोस्टाले एक गोल गरेका थिए । यस्तै इल्चका लागि लुकास बोयले एक गोल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्