काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कानुन व्यवसायीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्चमा यसविरूद्ध रिट परेपछिको अवस्थालगायतका बारेमा सोमबार सिंहदरबारमा कानुन व्यवसायीसँग छलफल गर्नुभएको हो । कानुन व्यवसायीहरूसँग छलफल गरिराखेको तस्बिर प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ। ‘प्रधानमन्त्री तथा राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवं निरंकुश कदमको विरूद्धमा अब चालिने संवैधानिक र राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविदसँग नेताहरूले परामर्श गर्नुभएको छ,’ प्रचण्डको स्वकीय सचिव गंगा दाहालले सामाजिक संजालमा मार्फत जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्