काठमाडौं, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । मगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
प्रतिक्रिया दिनुहोस्