काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव छान्ने भएको छ । महासचिवका लागि भीम रावल, जनार्दन शर्मा र सुरेन्द्र पाण्डे आकांक्षी देखिनुभएको छ । पाण्डे तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका हुनुभएको थियो । ६ मतले पराजित भएका पाण्डेले महासचिव पद प्राप्त गर्ने सम्भावना बढी रहेको बताइएको छ । आज विहान ११ बजेपछि बस्ने केन्द्रीय कमिटी बैठकले तीन आकांक्षीमध्ये एकलाई महासचिवमा मनोनित गर्ने बताइएको छ । प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने विष्णु पौडल हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्