ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महासेठ बालुवाटार फर्के लगत्तै शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किए


एबीसी / संवाददाता
९ पुस २०७७, बिहिबार   ११ : ४०   बजे

काठमाडौं, ९ पुस । नेकपा विभाजनसँगै नेताहरुले गुट हेरफेर गर्ने क्रम पनि तीव्र भएको छ । कार्की पार्टी प्यालेसको बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ बालुवाटार फर्के लगत्तै सोमवारको बालुवाटार बैठकमा सहभागी भएका केन्द्रीय सदस्य शेरवहादुर तामाङ प्रचण्ड माधव पक्षमा लागेका छन् । तामाङ आज कार्की पार्टी प्यालेसको बैठकमा सहभागी हुने भएका छन् । उहाँकी पत्नी उषाकला राईले ओली पक्षले गरेको मनोनयन अस्वीकार गर्नुभएको छ। सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी हुनुभएको थियो । तर जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उहाले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको निकट स्रोतले जनाएको छ । केहिदिन अघि नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको बैठकमा सहभागी भएको भोलिपल्टै नेता रघुवीर महासेठ प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किनु भएको थियो । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार भएको प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी महासेठ बुधबार ओली समूहमा फर्किनु भएको हो । हाल तटस्थ बसिरहेका नेकपा उपाध्यक्ष वामदेव गौतमनिकट महासेठकी श्रीमती जुलीकुमारी महतो भने यसअघि नै ओली समूहमा संलग्‍न हुनुहुन्छ । एक दिनमै प्रचण्ड( माधव समूहबाट बाहिरिएका महासेठलाई ओली समूहले तत्कालै जिम्मेवारी पनि दिएको छ। नेकपा औपचारिकरुपमा विभाजित भएपछि पछिल्लो समय नेताहरुले समूह फेर्ने क्रम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group