काठमाडौँ, १० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल झुक्किएर ओली समूहको बैठकमा पुगेको बताउनु भएको छ ।
तपाईंसँगै आन्दोलनमा होमिनुभएका बादललाई किन तपाईको समूहमा ल्याउन नसक्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भन्नुभयो , ‘उहाँ झुक्किएर उता जानु भएको जस्तो लाग्यो । मैले उहाँको भाषण पनि सुने यताका लागि तयार पारिएको भाषण उता सुनाउनुभएको जस्तो लाग्यो ।’ प्रचण्डले आफ्नो सोच र विचार अनुसार यताउता गर्न व्यक्ति स्वतन्त्र रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्