काठमाडौँ, १० पुस । पूर्वसभामुख कृष्णबहादुर महराको राजनीति पुनरागमन भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेटघाटवार्ता भएको छ ।
महरासँग राजदूत यान्छीले शुक्रबार महरा निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गर्नुभएको हो । वर्तमान प्रधानमन्त्रीले एकलौटी रूपमा संसद विघटनपछि दुई भागमा विभाजित भएको नेकपाभित्र राजनीतिक सरगर्मी बढिरहेका समयमा महराले गरेको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्