काठमाडौं, १० पुस । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेकपाका अध्यक्ष नेपाल र राजदूतबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको हो । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उहाँहरुबीच आपसी हितका विषयमा विचार विमर्श भएको थियो ।
प्रतिक्रिया दिनुहोस्