ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद पुनर्गठन : एक मन्त्री र राज्यमन्त्री हटे, कसलाई कुन मन्त्रालय (सूचीसहित)


एबीसी / संवाददाता
१० पुस २०७७, शुक्रबार   ८ : २२   बजे

काठमाडौं, १० पुस ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा हुनुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री हुनुभएको छ । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री हुनभएको हो । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्रीमा नियूक्त हुनुभएको छ भने भने दावा लामा युवा तथा खेलकुद मन्त्री बन्नु भएको छ । जुली कुमारी महतो महिला बालबालिका मन्त्री बन्नु भएको छ भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री हुनुभएको हो ।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बन्नुभएको छ ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । यसै बिच नवमन्त्रीहरुको शीतल निवासमा शफत ग्रहण भएको छ।

आज थपिएका मन्त्री
टोपबहादुर रायमाझी -ऊर्जा, जलस्रोत तथा सिंचाई

प्रभु साह -शहरी विकास

गौरीशंकर चौधरी -श्रम तथा रोजगार

गणेश ठगुन्ना -सामान्य प्रशासन तथा संघीय मामिला

मणि थापा -खानेपानी तथा सरसफाई

दाबा लामा -युवा तथा खेलकूद

प्रेम आले -वन तथा वातावरण

जुली महतो -महिला तथा ज्येष्ठ नागरिक

विमला विश्वकर्मा -उद्योग राज्यमन्त्री

मन्त्रालय हेरफेर भएका
हृदयेश त्रिपाठी -स्वास्थ्य तथा जनसंख्या

कृष्णगोपाल श्रेष्ठ -शिक्षा, विज्ञान तथा प्रबिधि

भानुभक्त ढकाल -संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

पदमा अर्याल -कृषि तथा पशुपंक्षी

शिवमाया तुम्बाहाङफे -भूमि सुधार

लिलानाथ श्रेष्ठ -न्याय कानुन तथा संसदीय मामिला

अहिलेसम्म त्रिपाठी सामान्य प्रशासन मन्त्री थिए भने श्रेष्ठ शहरी विकास, ढकाल स्वास्थ्य, अर्याल भूमिसुधार, तुम्बाहाङफे कानुन र लिलानाथ महिला बालबालिका मन्त्रालयमा थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu