काठमाडौं, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा तटस्थ जस्तै देखिएका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान अध्यक्ष प्रचण्डलाई भेट गर्न उपाध्यक्ष गौतम प्रचण्ड निवास खुमलटार जानु भएको थियो । दुई नेताबीचको भेटमा के कुराकानी भयो भन्ने बाहिर नआएपनि अध्यक्ष प्रचण्डले आफ्नो समुहमा रहन गौतमलाई आग्रह गरेको विश्लेषण गरिएको छ । गत शनिबार पनि प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली पुगेको खुमलटार पुगेकै समयमा गौतम समेत जानुभएको थियो । त्यसको भोलिपल्ट पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको छ । उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनको विरोध गर्नुभएको थिया । तर, उनले पार्टी विभाजन गर्ने कुनै पनि गुट बैठकमा सहभागी नहुने बताउँदै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्