काठमाडौँ, १२ पुस । भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ५७४ जनामा संक्रमण भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ८८ हजार ३९२ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ६० हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ६५९ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप २८० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।
प्रतिक्रिया दिनुहोस्