काठमाडौं, १५ पुस । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। विभिन्न रोगबाट पीडित दाहाललाई आज बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उअनकी छोरी गंगा दाहालले फेसबुकमा लेखेर जानकारी दिनुभएको हो । गंगाले अस्पतालमा उपचार गराइरहेको विभिन्न तस्बिरहरु पनि सार्वजनिक गर्नुभएको छ। ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी’ उहाले फेसबुकमा लेख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्