ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना महामारीका कारण सन् २०२० विश्व अर्थतन्त्रको लागि खराब वर्ष


छवी सापकोटा
१६ पुस २०७७, बिहिबार   ७ : ३४   बजे

काठमाडौं, १६ पुस ।  सन् २०२० विश्व अर्थतन्त्रको लागि खराब वर्षको रुपमा रह्यो । कोभिड–१९ को कारण विकास निर्माणदेखि औद्योगिक उत्पादन ठप्प हुदा सन् २०२० भरि नै अर्थतन्त्र चलायमान हुन सकेन । कोरोना महामारीले विश्वका सबैजसो मुलुक लकडाउनबाट गु्रजिन बाध्य हुदा वर्षभरि नै अर्थतन्त्रमा नकारात्मक असर देखियो ।

आर्थिक क्षेत्रलाई हेर्ने हो भने सन् २०२० इतिहासको सबै भन्दा खराव वर्ष भन्दै केही फरक नपर्ने वर्ष भएको छ । सन् २०१९ को अन्त्य तिर चीनमा देखिएको कोभिड–१९ को कहरले सन् २०२० को अर्थतन्त्रलाई ठुलो असर ग¥यो । बिश्वका २ सय भन्दा धेरै राष्ट्र कोरोनाको कारण आर्थिक चपेटामा यस वर्ष परेका छन ।

सन् २०२० मा बिश्वभरी नै कोरोना भाइरसको क्रास र सक्रमणको कारण भएको लकलाउनले औद्योगिक उत्पादन देखि बिक्रि बितरणमा समेत ह्रास आयो । जसको कारण बिश्वभरी नै सन् २०२० मा बेरोजगारी समस्या भेग्नु प¥यो । बिश्वका ठुला मुलुक देखि साना मुलुकका धेरै नागरिकहरुले जागिर समेत गुमाउनु प¥यो । महामारीको कारण बिश्वमै स्वास्थ्य, उद्योग, पर्यटन, हवाई तथा रोजगारीका क्षेत्रलाई आर्थिक सकंटको रुपमा वर्ष २०२० गुज्रिन पुग्यो । यस्तै बिश्वको अर्थतन्त्र २००९ को बित्तिय संकट भन्दा पनि गम्भीर रहने देखिएको छ ।

सन् २०२० सुरु देखि नै कोरानाको कारण बिश्व अर्थतन्त्रमा गम्भिर असर परेको देखिन्छ । सन् २०२० मा बिश्व अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले बिस्तार हुने गरिएको अनुमान ३ प्रतिशतले ऋणात्मक हुने अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ । यस्तै सन् २०२० मा आर्थिक क्रियाकलाप बन्द हुदा पेट्रोलियम पदार्थको मुल्य समेत उल्लेख्य रुपमा घट्यो भने बरोजगारी दर पछिल्ला केही दशकयताकै उच्च । अन्तराष्ट्रिय मजदुर संगठनका अनुसार सन् २०२० मा मध्यपूर्वका राष्टबाट ८ दशमलव १ प्रतिशत कामदारले रोजगारी गुमाए । त्यसैगरी युरोपबाट ८ दशमलव ८ प्रतिशत र एसियाली र प्यासिफिक मुलकबाट ७ दशमलव २ प्रतिशत कामदारले रोजगारी गुमाएका छन । अमेरिका मात्रमा ३३ लाख जनसंख्या बेरोजगार भैसकेको अबस्था छ ।

यस्तै सन् २०२० मा कोरोनाको असर ठुलो क्षति पु¥याए पनि वर्षकै अन्तिम ताका आएर कोराना बिरुद्धको खोप बन्न सफल भएको छ । अहिले बिभिन्न देशहरुले खोपको व्यावसायिक उत्पादन गर्ने र लगाउने काम पनि शुरु भैसकेको छ । खोप निमार्णलाई तिब्रता दिदै सबैजसो देशहरुले खोप ल्याउने तयारीमा जुटेका छन । आर्थिक क्षेत्रमा सन् २०२० ले जुन क्षति पु¥याएको छ यस वर्षको अन्तिममा आएर कोरोना बिरुद्धको खोप निमार्णले आगामी वर्ष सन् २०२१का लागि सुखद सन्देश समेत दिन सफल भएको छ । यस्तै सन् २०२० को बिश्व आर्थिक उपलब्धीको रुपमा एसिया प्रसान्त क्षेत्रमा १५ देशहरु बिच बृहत् क्षेत्रिय आर्थिक समझदारी भयो । नोभेम्बरमा भएको यो सम्झौतालाई युरोपेली संघ र मोक्सिको अमेरिका ब्यापार सम्झौताको भन्दा ठुलो सझदारीको रुपमा लिने गरिन्छ । यसरी सन् २०२० बिश्व अर्थव्यवस्थामै सबैभन्दा खराब वर्षको रुपमा रहेपनि सन् २०२१ अर्थतन्त्रलाई पुनरुत्थानको सम्भावना सार्थक बनाउने सन्देश दिएर बिदा ह“ुदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group