ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले निर्वाचन आयोग, अदालत सबैतिर सेटिङ गरेका छन् भन्ने कुरा ‘हावा’ – नेता भट्टराई


एबीसी / संवाददाता
१८ पुस २०७७, शनिबार   ८ : १६   बजे

बिर्तामोड, १८ पुस । नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजनीतिक जीवन खतरामा परेको बताउनुभयो । प्रचण्ड नेपाल पक्षीय नेकपा झापा जिल्ला कमिटीले शनिबार बिर्तामोडमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको राजनीतिक जीवन रक्षाका लागि पनि आफूहरु सडक संघर्षमा उत्रिनु परेको बताउनुभयो । उहाले ओलीले आफ्नो राजनीतिक जीवन, पार्टी र मुलुकलाई ठूलो दुर्घटनामा पारेको टिप्पणी गर्नुभयो । ‘हाम्रो संघर्ष ओलीको अन्त्यको लागि होइन ओलीको राजनीतिक जीवन रक्षाको लागि हो’ उहाले भन्नुभयो , ‘कम्युनिष्ट पार्टीको कार्यकर्ता तथा पार्टी र मुलुक निर्माणका लागि लामो समय सँगै हिँडेकाले पनि उहाँको जीवन रक्षा गर्नुपर्ने हाम्रो जिम्मेवारी हो ।’ नेता भट्टराईले क्याप्टेन (केपी ओली) ले गलत दिशामा जहाज उडाएकोले पार्टी र मुलुक दुर्घटना तर्फ मोडिएको बताउनुभयो । ‘तर, हामीसँग अर्का क्याप्टेन (प्रचण्ड) पनि छन् । त्यसैले जहाज दुर्घटनामा पर्दैनन्’ उहाले भन्नुभयो ‘अब जहाजलाई गन्तव्यमा पुर्‍याउन केही समय लाग्ला । तर, हामी सुरक्षित अवरण हुन्छौं ।’ उहाले ओली अब पार्टी र मुलुकको सबै जिम्मेवारीबाट अयोग्य प्रमाणित भएको आरोप समेत लगाउनुभयो । उहाले दल सम्बन्धि ऐनअनुसार नै नेकपा पार्टी, हसिया–हतौडा अंकित झण्डा र चुनाव चिन्ह सूर्य आफूहरुको हुने दाबी गर्नुभयो । नेता भट्टराईले कानुनी राज्यमा केपी ओलीले गरेका कुनै ‘सेटिङ’ काम नलाग्ने बताउनुभयो । नेता भट्टराईले भने,‘तपाईंहरु ढुक्क रहनुस् । प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग, अदालत सबैतिर सेटिङ गरेका छन् भन्ने कुरा ‘हावा’ हो । कानुनी राज्यमा सबै काम कानुन अनुसार हुन्छ । कुनै सेटिङ–फेटिङले काम गर्दैन ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री बानियाँले गरे ,६ मन्त्रालय खारेज

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

सम्बन्धित

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu