काठमाडौं, २२ पुस । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ।आजको संवैधानिक इजलास अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो। यसैवीच न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक बेञ्चमा नबस्ने हुनुभएको छ । बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि कार्की बेञ्चमा नबस्ने हुनुभएको हो ।कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता रहनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्