ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशौँ एशियन बफेलो कँग्रेसको महासभा जेठमा


एबीसी / संवाददाता
२२ पुस २०७७, बुधबार   ५ : ४९   बजे

काठमाडौं, २२ पुस । विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दशौँ एशियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटि रहेका छन् ।

हरेक तीन–तीन वर्षमा हुने महासभा पहिलोपटक नेपालमा हुन लागेको हो । एशोसिएशनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा भूमिनन्द देवकोटा रहनुभएको छ । जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ । देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो । सोही ठाउँमा एशोसिएशनको सचिवालय रहेको छ । एशोसिएशन सन् १९९२ मा स्थापना गरिएको हो । संसारभरिका भैँसीविज्ञको साझा संस्था इन्टरनेशनल बफेलो फेडेरेसन हो । फेडेरेसनको सचिवालय इटालीको रोममा छ । सोही फेडेरेसनअन्तर्गतको एशियाका वैज्ञानिकको संस्था एशियन बफेलो एशोसिएशन हो ।

महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ । महासभामा भैँसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्व वृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभव आदानप्रदान गरिने देवकोटाले जानकारी दिनुभयो ।

नेपालले भैँसीमा गरेको विकास महासभामा प्रस्तुत गरिने छ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैँसीको अध्ययन, अनुसन्धान र विकासका लागि आह्वान गरिने कार्यक्रम छ । महासभाको प्रविधि व्यवस्थापन समितिका सहसंयोजक सहप्राध्यापक डा निराजन भट्टराईका अनुसार यो कार्यक्रम नेपाली वैज्ञानिकका लागि निकै महत्वपूर्ण हुनेछ । यसअघि कृषि विश्वविद्यालयको अगुवाइमा यहाँ अन्तर्राष्ट्रिय भैँसी समगोष्ठी गरिएको थियो । भट्टराईले सो गोष्ठीमा १५ देशका २८० जना सहभागी भएका बताउनुभयो ।

विश्वमा भएका भैँसीमध्ये ९२ प्रतिशत भैँसी एशियामा पाइन्छन् । त्यसमध्ये सबैभन्दा बढी भारत, पाकिस्तान, चीनहुँदै चौथोमा नेपाल पर्दछ । नेपालमा भैँसीको सङ्ख्या ५२ लाखभन्दा बढी भएको तथ्याङ्क छ । भैँसी दूध र मासुका लागि महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu