ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन न्युयोर्क जाने संकेतपछि परराष्ट्रले थाल्यो राष्ट्रसंघ महासभाको तयारी


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ५ : ४५   बजे

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को न्युयोर्क भ्रमणको तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आफू न्युयोर्क जाने संकेत गरेपछि मन्त्रालयले भ्रमणको प्रारम्भिक तयारी अघि बढाएको हो ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आगामी असोजको पहिलो साता अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ ।

प्रधानमन्त्रीको भ्रमण औपचारिक रूपमा टुंगो लागिनसकेको भए पनि उहाँले जाने संकेत गरेपछि तयारी अघि बढाइएको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बताएका छन् ।

“प्रधानमन्त्रीज्यू जाने निर्णय नै भएको भने छैन । तर, उहाँले जाने संकेत गर्नुभएको कारण भ्रमणको तयारी गरिएको हो,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

भोटेकोसी बाढीपछि बदलिए प्रधानमन्त्रीको योजना

प्रधानमन्त्री शाहले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा आफू सहभागी नहुने निर्णय गरेका थिए । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

तर, भदौ १० गते रसुवामा आएको भीषण भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन आफू स्वयं महासभामा सहभागी हुने संकेत गरेका हुन् ।

बाढी तथा पहिरोबाट नेपालमा भएको क्षति र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको बढ्दो प्रभावलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा महासभालाई उपयोग गर्ने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ ।

खनालको निर्देशनमा तयारी

प्रधानमन्त्री शाहले महासभामा सहभागी हुने संकेत गरेपछि परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनमा मन्त्रालयले भ्रमणको तयारी अघि बढाएको हो ।

यद्यपि प्रधानमन्त्रीको भ्रमणबारे अन्तिम निर्णय र औपचारिक कार्यतालिका भने अझै तय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

सम्बन्धित

‘नगन्य गल्तीको ठुलो सजाय भोगिरहेका छौँ’ : प्रधानमन्त्री बालेन

एल निनो २०२७ सम्म कायम रहने प्रक्षेपण, विश्वभर चरम मौसमको जोखिम बढ्ने

कमाण्डर बाढीले बगायो, तर कर्तव्य रोकिएन : आफ्नै सहकर्मी गुमाएर पनि उद्धारमा सशस्त्र प्रहरी

सुरुङभित्र ९ दिनदेखि उद्धारको पर्खाइ, सरकारमाथि प्रश्न : ‘पिन प्वाइन्ट’ थाहा हुँदाहुँदै किन ढिलाइ ?

कांग्रेस संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने, मंसिर २१–२३ मा काठमाडौंमा

सात दशकदेखि ‘सङ्कटको सारथि’ त्रिभुवन राजपथ : विपत्तिमा सम्झिने, सामान्य अवस्थामा बिर्सिने !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu