ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ५ : ५५   बजे

काठमाडौं । भारतको बिहारमा गंगा नदीको जलस्तर थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै पटनासहित आठ जिल्लामा सतर्कता जारी गरिएको छ ।

बिहारको विपद् व्यवस्थापन विभागका अनुसार बिहीबार राति पटनास्थित गान्धी घाट र शुक्रबार दिउँसो हाथिदाह (मोकामा) मा गंगाको जलस्तरले उच्चतम बाढीको तह पार गर्न सक्ने सम्भावना छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले भोजपुर, पटना, सारण, वैशाली, नालन्दा, बेगुसराय, लखीसराय र जहानाबादका नदी किनार तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदी र तल्लो क्षेत्रबाट टाढा रहन आग्रह

विभागले सर्वसाधारणलाई नदी, घाट, तटबन्ध तथा तल्लो भूभागबाट टाढा रहन अपिल गरेको छ । बाढीको अवस्था सिर्जना भएमा स्थानीय प्रशासनले जारी गर्ने निर्देशन अनिवार्य रूपमा पालना गर्नसमेत आग्रह गरिएको छ ।

सम्भावित बाढीबाट जोखिममा पर्न सक्ने क्षेत्रमा प्रशासन तथा उद्धार संयन्त्रलाई तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

विपद्को अवस्था आएमा तत्काल जानकारी गराउन बिहार राज्य आपत्कालीन सञ्चालन केन्द्रको हेल्पलाइन नम्बर १०७० मा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा ‘नाइट ट्रक’ नियम

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

सम्बन्धित

अमेरिकी आक्रमणमा इरानका तीन सैन्य पाइलट मारिएको दाबी

भारतको ७.८ प्रतिशत जीडीपी वृद्धिमा प्रश्न, तथ्यांक अतिरञ्जित भएको आशंका

साउदी ट्यांकरमाथि इरानी आक्रमण भएको साउदीको आरोप

बाढी प्रभावितका लागि ईयूले थप ८ करोड ९० लाख रुपैयाँ सहायता दिने

पाँच दशकपछि सिरियामाथिको अमेरिकी घेरा खुल्यो : आतंकवादको सूचीबाट बाहिरिँदा बदलिँदै पश्चिम एसियाको शक्ति–सन्तुलन

अमेरिकाद्वारा नेपाललाई थप आपत्कालीन राहत सामग्री सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu