काठमाडौँ, २८ पुस । प्रतिनिधि सभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ । मंगलबार प्रज्ञा–प्रतिष्ठानको डबलीमा कलाकारहरुले प्रतिनिधि सभा विघटनको विरोधमा फरक प्रकारले प्रदर्शनी गरेका छन् । नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा विघटनको विरुद्दमा कविता नाटक, चित्र प्रदर्शनी लगायत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्, उखान टुक्का गल्फत्ती, देश होइन तिम्रो सम्पति, संसद विघटन रातारात देश डुबाउन तिम्रो हात, प्रतिनिधि सभा पुर्नगठन सर्वोच्चले गर सम्बोधन लगायतका नारा लेखिएका प्लेकार्ड सहित कलाकारहरुले प्रस्तुति राखेका थिए । प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको निरन्तर श्रृङ्खला अन्र्तगत यस कार्यक्रम गरिएको आयोजकले जनाएको छ । बिरोध प्रदर्शनीमा सडक नाटकले देशको अहिलेको अवस्था देखाउन खोजिएको थियो । यस कार्यक्रममा कानुन व्यवसायी, लेखक, पत्रकार, अभियन्ताहरूको सहभागिता थियो। सभालाई सम्बोधन गर्ने सबै वक्ताले प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिगमनलाई साथ दिएको भन्दै नागरिक आन्दोलनको आवश्यकता औंल्याए।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरप्रसाद श्रेष्ठले प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो। श्रे उहाले जनताले ७० वर्ष मिहेनत गरेर ल्याइको संविधानमा ओलीले घात गरेको बताउनुभयो । निरंकुशको विरुद्धमा राजनीतिक आन्दोलन गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको श्रेष्ठको भनाइ छ।
उहाले १२ बुँदे समझदारी दिल्लीमा भएको र त्यो अग्रगमनका लागि भएको भनिए पनि त्यसमाथि षडयन्त्र गरिएको बताउनुभयो । ‘बाह्र बुँदे सहमतिविरूद्ध कालो कोठामा बसेर जब १६ बुँदे सहमति गरियो, त्यो नै वास्तवमा प्रतिगामी कदम थियो, त्यसबाट बनेको संविधान नै खोटपूर्ण थियो,’ उहाँले भन्नुभयो , ‘त्यसको विरोध गर्दा जनतालाई गोली ठोक्ने काम भयो। उहाले जब जनताको सार्वभौमतामा षड्यन्त्र हुन्छ, खोस्ने क्रम हुन्छ। तब तब नागरिक अगुवाको भूमिका प्रभावकारी देखिने बताउनुभयो । सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठले उपत्यकामा भएको विकासको नाममा विनाश भएको भन्दै त्यो पनि प्रतिगमन भएको बताउनुभयो । उहाले नेपालमा चेतनामा र विचारमै प्रतिगमन भएको बताउनुभयो । ‘कसले कसलाई प्रतिगमन गर्यो त्यो विचार गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो उहाले काठमाडौंमा २०६८ सालमा थालिएको सडक विस्तारबाटै अधिनायकवादको सुरुवात भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्