सप्तरी, २ पुस । सप्तरीको रुपनी गाउँपालिका(३ हर्दिया कटेयामा झगडा हुँदा १५ जना घाइते भएका छन् । एक युवतीलाई जिस्क्याएको निहुँमा विवाद हुँदा भएको झडपमा १५ जना घाइते भएका हुन् । झडपमा युवती पक्षका ८ जना र जिस्क्याउने समूहका ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । घाइतेको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्