बझाङ, २ माघ । बझाङमा ८७ बर्षिया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ५ र्का २५ वर्षिय तारा कामी पक्राउ परेका छन् । पुस २७ गते राती १० बजेतिरको समयमा ८७ बर्षिया वृद्धालाई बलात्कार गरेको आरोपमा कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पीडित वृद्धाको नाक र गालामा समेत चोट लागेको छ । घरमा एक्लै वसिरहेको रहेको अवस्थामो घर भित्र पसी जवरजस्ती करणी गरि भागेको खबर प्राप्त भएपछि माघ १ गते कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खडकाले बताउनुभयो । पक्राउ परेका कामी विरुद्ध जवरजस्ती करणी कसूर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्