ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँलेले सपारे, शहरियाले बिगारे


admin
२९ मंसिर २०७४, शुक्रबार   १ : १८   बजे

काठमाडौं, २९ मंसिर । विगतमा सम्पन्न भएको निर्वाचनमा झै प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि बदर मतको संख्या उत्तिकै रहेको छ । मुलुकभर औषतमा ५ दशमलव १८ प्रतिशत मत बदर भएको छ । सबैभन्दा कम मत मनाङ जिल्लामा शुन्य दशमलव ३७ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा झण्डै ९ प्रतिशत मत बदर भएको छ ।

देशमा विगतमा पनि विक्रम सम्बत २०४८, २०५१, २०५६ सालमा भएको निर्वाचनमा पनि ५ प्रतिशतको हाराहारीमा मत बदर भएको थियो । हालै सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको छ । यद्दपि समानुपातिकतर्फको मतगणना भने मंसिर ३० गतेभित्र सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

हालसम्ममा सम्पन्न भएको मतगणनाबाट प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा कम्तिमा शून्य दशमलव १ देखि बढीमा ५ प्रतिशतसम्म मत बदर भएको पाइएको छ । दाङमा प्रतिनिधिसभातर्फ ५ दशमलव १८ प्रतिशत, मनाङमा शून्य दशमलव ३७ प्रतिशत, काठमाडौंमा ३ दशमलव ८१ प्रतिशत मतबदर भएको छ । भोजपुरमा प्रतिनिधिसभातर्फ कुल ६५ हजार ९ सय ८ मत खसेकोमा ९ हजार १५ मत बदर भएको छ । खोटाङमा १२ हजार ५ सय १० मध्ये ७ हजार ७ सय ८१ मत, रसुवामा २६ हजार १८ मध्ये ३ हजार २ सय २ मत बदर भएको छ ।

देशभरको मत बदर संख्या संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका विभिन्न जिल्लामा समानुपातिक सबैको मतगणना सम्पन्न भईसक्दा औषतमा ५ प्रतिशत भन्दा बढी मत बदर हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले अनुमान गरेका छन् । आगामी दिनमा बदर मत कम गर्नका लागि निर्वाचन तथा मतदाता शिक्षाका बारेमा सबैले पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही प्राविधिक कारणले पनि मत बदर भएको उनले बताए । मतपत्रको आकार, केही ठूला मतपत्र, मतदान अधिकृतिको हस्ताक्षर नभएको मतपत्र पनि बदर भएको उनले बताए । केही राजनीतिक पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरे पनि भाग नलिएको तर, ती सबै पार्टीहरुको चुनाव चिन्ह राख्नुपरेकाले पनि मतपत्र ठूलो भएको उनले बताए ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मतगणना सम्पन्न नभइसक्दा समग्रमा ३, ४ प्रतिशतको हाराहारीमा मत बदर भएको छ । स्थानीय तहको निर्वाचनमा ३ दशमलव ४४ प्रतिशत मत पूर्ण बदर र आंशिक बदर गरी जम्मा ५ प्रतिशतको हाराहारीमा मत बदर भएको थियो ।

ढकालका अनुसार साक्षरता भएको स्थानमा भन्दा दुर्गम क्षेत्रमा कम मत बदर भएको देखिएको छ । यो कसरी भइरहेछ भनेर निर्वाचन आयोग पनि अध्ययन गरिरहेको उनले जानकारी दिए । मतदाताशिक्षा साक्षरता प्रक्रियामा शहरी र विकसित क्षेत्रमा मतदाताहरु मतदान शिक्षा लिन हिचकिचाउने गरेका कारण पनि यसो हुन गएको उनले बताए । त्यसो त, मतदान शिक्षा परिचालनमा खटेका कर्मचारीहरुको पहुँचका कारण पनि मतदाता शिक्षाको प्रभावकारितामा असर पुग्ने उनले बताए ।

देशमा सम्पन्न भएको निर्वाचनको इतिहास हेर्दा ५ प्रतिशतको हाराहारीमा मत बदर हुने गरेको देखिएको छ । तर, बदर मत कम गर्न निर्वाचन आयोगले करोडौंको बजेटसहित विभिन्न कार्यक्रमहरु गर्ने गर्दछ । निर्वाचन, निर्वाचन मात्र नभएर जनप्रतिनिधि छान्ने नागरिकको मौलिक अधिकार पनि हो । त्यसो त, निर्वाचनको बेला नागरिकको एक भोट पनि अत्यन्त महत्वपूर्ण हुन्छ । नागरिकको जनप्रतिनिधि छान्ने अधिकारको सम्मानका लागि पनि निर्वाचन आयोगलगायत सम्बन्धित सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group