काठमाडौँ, ७ माघ । नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएको छ । नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ ुसिस्टमु बनाउन लागेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयो । अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन रिक्वेस्ट गर्न मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ ।
अहिलेसम्म करिब ३ लाख बढीले नागरिक एप डाउनलोड गरेको भए पनि १ लाख मात्र दर्ता सफल भएको पनि आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्