काठमाडौं, ८ माघ । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ हुनुभएको छ । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गर्नुभएको थियो । प्रसाईंका अनुसार आगन्तुक आएपछि सत्यमोहनले भएर केहीबेर कुरा गर्नुभएको थियो । उहाले भन्नुभयो ‘शताब्दी पुरुषले हामीलाई आफूले अझै आँखा देख्ने, कान सुन्ने छँदै किन अस्पताल जाने भनेर जवाफ दिनुभयो ।’ किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उहाँकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि घरिघरि स्वास्थ्य टोली पठाइरहने गरेको छ । आज बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्