काठमाडौं, १२ माघ । सरकारले अदालतलाई प्रभावपार्ने दुष्प्रयास गरेको भन्दै मानवअधिकारवादीहरुले विरोध प्रदर्शन गरेका छन् । मानवअधिकार तथा शान्ति समाजले सोमबार बालुवाटार स्थित प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो । सरकारले अदालतलाई प्रभाव पार्न गरेको दुष्प्रयास, राज्य संयन्त्रको दुरुपयोग तथा प्रधानमन्त्री तथा मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध विरोध प्रदर्शन गरेको मानवअधिकारवादीहरुले बताएका छन् । प्रदर्शनमा उपस्थिति हुनुभएका मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्