ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलेश्वर फलफूल बजारमा फोन–पे मा आधारित डिजिटल भुक्तानी कोड क्युआर प्रणाली सुरु


सपना थामी
१६ माघ २०७७, शुक्रबार   १२ : ३९   बजे

काठमाडौं, १६ माघ ।  काठमाडौंको कुलेश्वर फलफूल बजारमा पनि फोन–पे मा आधारित डिजिटल भुक्तानी कोड क्युआर प्रणाली सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रोहबरमा नबिल बैंकले यो कार्यक्रम कुलेश्वरमा पनि उद्घाटन गरेको हो ।

क्युआर प्रणाली पश्चात् व्यवसायी र उपभोक्ताबीचको कारोबारमा सहजता आउने र समग्र करप्रणालीमै सुदृढिकरण आउने आशा राखिएको छ ।
सधैं नै व्यस्त रहने काठमाडौंको कुलेश्वर फलफूल बजारमा फोन–पे मा आधारित डिजिटल भुक्तानी कोड क्युआर प्रणाली सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल पसल नम्बर १२ मा उक्त प्रणालीको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा अधिकारीले स्वदेशको तरकारी तथा फलफूल बजारलाई पनि आधुनिक एवम् व्यवस्थापन बनाउदै लैजाने विषयलाई जोड दिनुभयो । निकै चहलपहल रहने कुलेश्वर फलफूल क्षेत्र जस्ता बजारहरुको अस्तव्यस्त पूर्वाधारको निर्माणतर्फ पनि सबैको आवश्यक ध्यान जानुपर्ने उहा“को भनाई छ ।

 

 

 

 

 

राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिरमा ३ लाख ७४ हजार भुक्तानी क्युआर कोडमार्फत भएको छ । यो संख्या गत कात्तिक महिनाभन्दा १ लाखले बढी छ भने गत मंसिरमा १ अर्ब २५ करोड रुपैंया बराबरको भुक्तानी यो प्रणालीमार्फत भएको केन्द्रीय बैंकको तथ्यांक छ । दैनिक करोडौं रुपैंयाको कारोबार हुने कुलेश्वर फलफूल बजारमा पनि फोन–पे मा आधारित क्युआर भुक्तानी सुरु भएसगै यसले बैंकिङ प्रणाली तथा बजारीकरणमा सहजता आउनेमा सरोकारवालाहरु ढुक्क छन् ।

त्यसो त, नेपाली फलफूल बजारमा भण्डारणको समस्या हुदा सोचेजस्तो प्रतिफल नमिलेको व्यवसायीहरुले गुनासो राख्दै आएका छन् । क्युआर कोड प्रणालीले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना महामारीको अवस्थामा पनि व्यवसायलाई चलायमान राख्न पनि सहयोग पु¥याएको छ । यी–यस्तै प्रविधिसगै फलफूल लगायत कृषि व्यवसायलाई अगाडी बढाउन सके स्वदेशी बजारमा आत्मनिर्भर बढ्न पनि टेवा पुग्ने व्यवसायीहरु बताउछन् । यो प्रणालीले राज्यको कर व्यवस्थापनमा पनि भूमिका खेल्न सक्छ ।

समयको माग बमोजिम नेपाली कृषि बजारमा आधुनिक प्रविधिको प्रयोग हुनु सकारात्मक हो । यस्ताखाले प्रक्रियाले बजारीकरणमा देखा परिरहेका समस्या व्यवस्थापनमा केही सहजता थप्ने काम पक्कै गर्छ । तरपनि, स्वदेशी कृषि क्षेत्र उकास्नका लागि भने राज्यले निर्माण गरेका नीति तथा कार्यक्रमहरुलाई प्रभावकारीरुपमा लागू गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group