ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता


एबीसी / संवाददाता
१८ माघ २०७७, आइतबार   ९ : ०५   बजे

काठमाडौं, १८ माघ ।   कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।

वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा टिनको जस्तापाता लगाइने भएको छ । त्यस्तै वडा नं ५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नं वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि ४०४ घर सिफारिस भएर आए पनि यस वर्ष २९६ घरलाई खरमुक्त गरिनेछ ।

“नगरभरि ४०४ घर खरको छाना भएका तथ्याङ्क पाएका छौँ, हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ”, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “तीमध्येबाट एकल महिला, अपाङ्गता भएका तथा अतिविपन्न आयआर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् ।”

उहाँले बाँकी घर आउँदो वर्ष खरमुक्त हुने बताउनुभयो । “नगरपालिकाको योजनाअनुसार जस्तापाता लगाउनका लागि आवश्यक खर्च नगरपालिकाले व्योहोर्ने तयारी हो, तर म अनुगमनमा जाँदा एकल महिला, अपाङ्गता भएकाको घरमा जस्तापाता लगाइदिने मानिस छैन”, उहाँले भन्नुभयो, “यसबारे नगरपालिकाले कसरी सहयोग गर्ने भन्नेबारेमा समेत छलफल गरिरहेका छौँ । लगाउने विकल्प नभएकालाई नगरपालिकाले लगाइदिने विषयमा कार्यपालिकामा छलफल गर्छौँ ।”

एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले रु ४८ हजारसम्म अनुदान दिनेछ । नगरपालिकाले जस्तापाता लगाउनका लागि शुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ । सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएकाहरुका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गत वर्ष पनि जनता आवास कार्यक्रमअन्र्तगत १५ घर निर्माण गरिदिएको थियो ।

नगरपालिकाले घरमा टिनको जस्तापाता लगाइदिने भएपछि वडा नं ७ की ज्येष्ठ नागरिक माता विक निकै खुशी हुनुभएको छ । शनिबार अनुगमनमा माताको घर पुगेका नगरप्रमुख रावललाई उहाँले धन्यवाद दिनुभयो । “नगरप्रमुख र वडाध्यक्ष आएर मेरो घर हेरेर गए, मेरो घर अब भत्कन मात्र बाँकी छ । यस वर्ष वर्षात्मा कहाँ जाउला भन्ने चिन्ता थियो”, ७५ वर्ष उमेर नाघेकी एकल महिला माताले भन्नुभयो, “अब नगरपालिकाले टिन लगाइदिने भएपछि म पनि घामपानीबाट बच्ने भएँ । अब ढुक्कले घरभित्र सुत्न पाइएला भन्ने लागेको छ ।”

घरको छाना बन्ने भएपछि टीकापुरकै कौशीदेवी बुढा पनि खुशी हुनुहुन्छ । पाँच वर्षदेखि खर नपाएर मर्मत नभएको उहाँको घरले पनि अब कर्कटपाताको छाना पाउने भएको छ । “खर किन्ने पैसा नभएर पाँच वर्षदेखि पानी आउँदा चुहिने घरमा बस्न वाध्य थिएँ”, उहाँले भन्नुभयो, “अब घर मर्मत हुने भयो, किन खुशी नलागोस् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group