ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँची समाज जापानद्वारा मृर्गौला पीडीत रानालाई १ लाख ८७ हजार सहयोग हस्तान्तरण


इन्दिरा खनाल
१८ माघ २०७७, आइतबार   ४ : ४३   बजे

जापान , १८ माघ ।  अर्घाखाँची समाज जापानले मृर्गौला पीडीत अलिसा रानालाई १ लाख ८७ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ५ बुदनमाराकी रानालाई उपचारको लागि आर्थिक सहयोग गरेको हो । शुक्रबार समाजको प्रतिनिधित्व गर्दै अर्घाखाँचीका विकास जिसीले रानालाई रकम हस्तान्तरण गर्नुभएको थियो । बिगत केही समय देखि दुवै मृर्गौलाको समस्याबाट ग्रसित उनको बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचार भैरहेको छ ।

पारिवारीक अवस्था कमजोर भएको र मृर्गौलाको उपचार महङ्गो हुने भएकोले परिवारले अर्घाखाँची समाज जापानलाई सहयोगका लागी अपिल गरेको थियो । परिवारको अपिललाई ध्यानमा राख्दै समाजका कोषाध्यक्ष टोपबहादुर घर्तीमगरको संयोजनमा समाजले आर्थीक संकलन अभियान संचालन गरेको थियो । उक्त अभियानमा बिभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा जापानमा रहनुभएका अर्घाखाँचीबासी नेपालीहरुले सहयोग गर्नुभएको थियो ।

समाजका अध्यक्ष बाबुराम पौडेलले कोरोनाको विषम परिस्थितिमा पनि आफ्नो गाँस काटेर सहयोग गर्नुभएकोमा सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको भयो । अध्यक्ष पौडेलले देश रुदा परदेश दुख्ने भएकोले दायित्व सम्झी सहयोग गरेको बताउनुभयो । उहाँले जिल्लामा आईपर्ने समस्यालाई आफनो समस्या सम्झी समाजको स्थापनाकालदेखि नै बिभिन्न खाले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu