काठमाडौं, १९ माघ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ४० औँ मिनेटमा सिजर अपिलिकुटा र ८४ औँ मिनेटमा मार्कोस अलोन्सोले एक गोल गरे । २१ खेल खेलेको चेल्सी अंक तालिकामा ३३ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ ।
बर्नली भने १६ औँ स्थानमा छ । यस्तै, गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेडले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराएको छ । यस्तै, ब्राइटनले टोटनह्यामलाई र एस्टोन भिल्लाले साउथह्याम्टनलाई समान १–० गोल अन्तरले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्