ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“बिजुली छिट्टै नै बाल्यौँ तर पैशा पाएनौं”


एबीसी / संवाददाता
२१ माघ २०७७, बुधबार   ९ : २७   बजे

बागलुङ, २१ माघ । पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् ।

गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको नहर र विद्युत्गृहमा ठूलो क्षति पु¥याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको पाँच महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताउनुभयो । विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पूरा ज्याला नपाएको गुनासो गर्नुभयो ।

“बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करिब एक महिना काम ग¥यौँ, बिजली छिट्टै नै बाल्यौँ, तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौँ”, विकले भन्नुभयो, “काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।” मजदुरी गरेरै पाँच जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गर्नुहुन्छ ।

दिनको रु एक हजारका दरले पारिश्रमिक पाउने गरी सम्झौता गरेर महिना दिन काम गरेको भए पनि जम्मा रु नौ हजारमात्रै पाएको उहाँको भनाइ छ । काम गरेको पारिश्रमिक नपाएपछि विद्युत्गृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युत्गृहमै तालाबन्दीसमेत गरेका थिए । तर केही दिनमै पारिश्रमिक दिन्छौँ भन्ने प्रतिबद्धतापछि एक दिनमै ताला खोलेको उनीहरुको भनाइ छ ।

बाढी पसेर विद्युत्गृहमा क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरुले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ । विद्युत्गृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उहाँको भनाइ छ । भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पु¥याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरु नै समस्यामा परेको बताउनुहुन्छ ।

अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरूले आश्वासन मात्रै दिएको उहाँ बताउनुहुन्छ । सहयोग गर्छौँ भनेकाहरूले सहयोग नगर्दा मजदुरको पारिश्रमिक समयमा दिन नसकेको घर्तीले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले रु पाँच लाख दिने आश्वासन दिएको तर अहिले प्रदेशबाट आउँछ भन्दै उम्किएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले रु २२ लाख सहयोग गर्ने भने पनि त्यो सहयोगसमेत अझैसम्म नपाएको उहाँको दुखेसो छ । “बाढीले पीडित बनेका गाउँलेलाई लगाएर काम गरियो, उनीहरूले पैसापैसा भनेर अत्याएका छन् तर आयोजनासँग पैसा छैन, कहाँबाट दिने”, उहाँले भन्नुभयो ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रु चार लाख ५० हजार सहयोग भएको भन्दै अन्य सबै आफूहरूले व्यवस्थापन गरेको उहाँको भनाइ छ । बाढीले उक्त आयोजनाको १५० मिटर कुलो बगाएको थियो भने विद्युत्गृहको जेनेरेटर, टर्वाइनलगायत मेसेरेनरी सामानमा क्षति पु¥याएको थियो । बाढीले क्षति पु¥याएको विद्युत् मर्मत गर्नका लागि रु २२ लाख बढी खर्च भएको अध्यक्ष घर्तीमगरको भनाइ छ । यस आयोजनाबाट ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का आठ १०० घरधुरी जनता लाभान्वित छन् । बाढीले क्षति पु¥याएको विद्युत् आयोजना ४१ दिनपछि सञ्चालनमा आएको थियो । अध्यक्ष घर्तीमगरले रु १२ लाख बढी मजदुरको ज्याला र अन्य सामान खरिदमा खर्च भएको बताउनुभयो । मजदुरलाई रु छ लाख भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu