ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पंक्षीमा रानीखेतको सङ्क्रमण : कन्ट्याक्ट ट्रेसिङमा समस्या


एबीसी / संवाददाता
२७ माघ २०७७, मंगलबार   १० : १०   बजे

काठमाडौं, २७ माघ ।  नेपालमा पक्षीहरुमा देखिने रानीखेत रोगको सङ्क्रमण बढेको छ ।  अस्वाभाविक रुपमा रानीखेतको सङ्क्रमण बढिरहेकाले विशेष सावधानी अपनाउन पशुसेवा विभागले आग्रह गरेको छ । हरेक दिन काठमाण्डौका २० देखि २५ ठाउँका ५ सयदेखि ६ सयवटा फार्मबाट आएका स्वाबहरु परीक्षण गर्दा रानीखेत पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले बताउनुभयो ।

उहाँकाअनुसार काठमाण्डौसहित देशका विभिन्न ठाउँबाट संकलन भएका स्वाब परीक्षण गर्दा रानीखेतको सङ्क्रमण देखिएको छ ।सङ्क्रमण फैलनुमा भ्याक्सिन फेल भएर अथवा अरु के कारण हो त्यसबारे विज्ञहरुको समूहले अध्ययन गरिरहेको प्रवक्ता ढकालले बताउनुभयो । यस्तै सङ्क्रमण धेरै फैलिएको ठाउँ र कारण पत्ता लगाउन गरिने कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या भइरहेको छ ।कन्ट्याक्ट ट्रेसिङका लागि आवश्यक जनशक्ति नहुँदा कुन ठाउँमा कसरी सङ्क्रमण फैलिरहेको छ भनेर पत्ता लगाउन गाह्रो भइरहेको विभागका प्रवक्ता ढकालले बताउनुभयो ।

रानीखेत रोग लाग्न नदिन किसानहरुले भ्याक्सिन लगाउने गरेका छन् ।जर्मनी, फ्रान्स, क्यानडा, भारतलगायत देशबाट ल्याइएको खोप नेपालमा प्रयाग हुँदै आएको छ । हरेक वर्ष एक करोड डोजको हाराहारीमा मात्रै नेपालमा खोप उत्पादन हुने र धेरैजसो विदेशबाटै ल्याउनुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।यस्तै रानीखेत रोगको सङ्क्रमण बढिरहँदा बर्ड फ्लूको सङ्क्रमणका केसहरु भने नआएको प्रवक्ता ढकालले बताउनुभयो । यस्तै नेपालमा कन्ट्याक्ट ट्रेसिङको संयन्त्र कमजोर भएकोले सोचेअनुसार कुन ठाउँमा सङ्क्रमण कसरी फैलिरहेको छ भनेर पत्ता लगाउन समस्या भइरहेको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत सङ्क्रमणको अवस्था पत्ता लगाउन सकिन्छ । जसले रोकथाममा सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu