काठमाडौं, ३० माघ । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्नुभएको छ । उहा“हरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गर्नुभएको हो । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताउनुभयो ।
घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिन गरेर माइलस्टोन कोर्नुभएको बताउनुभयो । उहाले आफ्नो जीवनमा अनेकौं इतिहास रच्नुभएकाले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताउनुभयो । महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पु¥याउनु हुने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताउनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उहाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्