ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दार्चुला–तिङ्कर सडक निर्माण गर्न सेनाको टोली व्यास पुग्यो


एबीसी / संवाददाता
३ फाल्गुन २०७७, सोमबार   ८ : ००   बजे

दार्चुला, ३ फागुन । महाकाली करिडोर अन्तरगत दार्चुला–तिङ्कर सडक निर्माणका लागि नेपाली सेनाको टोली व्यास पुगेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख सेनानी उज्जल राणाको नेतृत्वमा दक्ष प्राविधिक जनशक्ति सहितको टोली निर्माण स्थलमा गएको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ ।

गत साउन महिनाको अन्तिम साता दार्चुला सदरमुकाम खलंगा पुगेको नेपाली सेनाको टोली सडक निर्माणका लागि माघ ३० गते खलंगाबाट साइटतिर प्रस्थान गरेकोमा शनिबार निर्माण स्थलमा पुगेको छ । निर्माणका लागि आवश्यक प्रक्रियाहरु पूरा भएसँगै नेपाली सेनाको टोली आवश्यक बन्दोबस्तीका सामग्रीहरु सहित व्यास गएको हो । दार्चुला पुगेको निर्माण सामाग्री तथा बेस क्याम्प निर्माणका लागि चाहिने आवश्यक सामग्री समेत व्यास पठाइएको नेपाली सेनाले जनाएको छ । व्यास क्षेत्रका दुई स्थानमा बेस क्याम्प स्थापना गरि सडक निर्माणको काम शुरु गर्ने तयारी थालिएको प्रमुख सेनानी राणाले बताउनुभयो ।

नेपाल सरकारले घाँटिबगरदेखि तिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही अनुसार नेपाली सेनाको टोली निर्माणस्थलमा पुगिसकेको छ । खलंगादेखि व्यास गाउँपालिका–३ सम्म दार्चुला–तिङ्कर सडक योजनाले ४३ किलोमिटर सडकको ट्र्याक खोलेको छ । बाँकी ८७ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको टोली अहिले निर्माण स्थलमा गएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसअघि सेनाले घाँटीबगर इलाकाको घोडेटो बाटो सम्पन्न गरे पनि अहिले भने अर्कै बाटो हुँदै सडक निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

२०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निर्णयले सेनालाई उक्त सडक निर्माण गर्ने जिम्मेवारी दिएको हो । सडक निर्माणको लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई वटा बेस क्याम्प राख्ने तयारी गरेको छ । पहिलो क्याम्प सुन्सेराभन्दा तीन किलोमिटर अघि रहेको छ । दार्चुला सदरमुकामबाट सुन्सेरा ४० किलोमिटर रहेको छ । सुन्सेराबाट तीन किलोमिटर अगाडिसम्मको बाटो यसअघि नै सडक विभागले खनिसकेको छ । सेनाले दोस्रो क्याम्प राख्न लागेको दुम्लिङ कोठेधारबाट १८ किलो मिटर माथि पर्छ ।

यस्तै छाङरु–तिङ्करसम्म पुग्नको लागि घोडेटो बाटो निर्माणको काम पनि सँगै अघि बढ्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलीडारले बोलपत्र आह्वान गरेको छ । अब व्यास गाउँपालिका–१ छाङरु–तिङ्करसँगै कालापानी क्षेत्रमा पुग्न सडक र घोरेटो बाटो निर्माणको काम एकसाथ अघि बढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group