ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हामीले भोट दियौँ, अब पानी दिनुस्’


admin
३ पुस २०७४, सोमबार   ८ : ४३   बजे

भक्तपुर, ३ पुस । सूर्यविनायक नगरपालिका– १ सिरुटारका ८४ वर्षीय कृष्णबहादुर श्रेष्ठले हालै निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई भन्नुभयो ‘बाबु पानी खान पाइएन, पानी ल्याइदिनुस् है ?’ 

ज्येष्ठ नागरिकले पानीको माग गरेको सुन्दा विजयी ¥यालीसहित सिरुटारको घरदैलोमा जानु भएका बस्नेत र प्रदेशसभा सदस्य निर्वाचित शशिजंग थापा स्तब्ध हुनुभयो । श्रेष्ठले दुवै विजयी नेताहरुलाई टीका र माला लगाएर बधाई दिँदै भन्नुभयो, “धारो छ, पानी छैन, हामीले भोट दियौँ, हामीलाई पानी दिनुस् ।”

सिरुटार उपयोगी चोकका बासिन्दाले हरेक महिना पैसा तिरे पनि पानी नपाउने पीडा भोग्दै आएको सुनाएपछि बस्नेत र थापाले सिरुटारका बासिन्दालाई छ महिनाभित्र धारोमा पानी आउने गरी व्यवस्था गर्ने आश्वासन दिनुभयो ।

बालकोट र सिरुटारको संगमस्थल गुप्तेश्वर महादेव मन्दिरबाट शुरु भएको घरदैलोमा विजयी नेताहरुलाई यहाँका बासिन्दाले बधाई दिँदै सिरुटारमा पानीको निकै समस्या भएकाले पानीको समस्या समाधान गरिदिन माग गरेका थिए । सिरुटारदेखि दधिकोटसम्म पुग्दा घरघर र टोलटोलमा टीका, फूलमाला लगाइदिएर स्थानीयले पानी, सडक र ढलको माग गरेका थिए ।

विजयी नेताहरुलाई टीका लगाइदिएर खादा ओढाइ दिँदै ६० वर्षीय मदनबहादुर गिरीले भोटको बदलामा पानीको व्यवस्था गरिदिन माग गर्नुभयो । उहाँले सिरुटारको तल्लो भेगमा वर्षौंदेखि पानी नआए पनि उपभेक्ता समितिले बेवास्ता गरेको गुनासो गर्दै पानी माग गर्नुभएको थियो ।

सिरुटारको सोमलिङ्गगेश्वर महादेव मन्दिर परिसरमा आयोजित सभामा सांसद बस्नेतले सिरुटारको तलको बासिन्दालाई पानी र माथिको बासिन्दालाई सडकको आवश्यकता परेको भन्दै यो दुवै जनताको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद शशिजंग थापाले सिरुटारलाई धार्मिक पर्यटनको विकास गर्दै यहाँका नागरिकको हरेक मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group