ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमिकस क्युरीका सदस्य मैनालीको दाबी : ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्’


एबीसी / संवाददाता
५ फाल्गुन २०७७, बुधबार   ४ : ५४   बजे

काठमाडौं, ५ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीका सदस्यले राय दिइरहेका छन् । बुधवार राय दिने एमिकस क्युरीका सदस्य सतिशकृष्ण खरेलले संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ ।

तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको दाबी गर्नुभएको छ ।एमिकस क्युरीका सदस्य मैनालीले अहिले नेपालले संसदीय प्रणाली अपनाएको र यो प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको बताउनुभएको छ । मैनालीले बेलायतलगायतका देशमा पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने उदाहरण दिनुभएको छ ।

तर मैनालीलाई न्यायाधीश सपना मल्ल प्रधानले नेपालको संविधानको भाषा हेर्ने कि विदेशका अभ्यास मात्रै हेर्ने हो ? भनेर प्रश्न सोध्नुभएको छ । प्रधानले विगतका नजिर हेर्दा अहिलेको संविधानलाई न्याय हुन्छ कि हुँदैन रु भनेर पनि प्रश्न सोध्नुभएको छ ।एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बद्रिबहादुर कार्कीले मङ्गलवार नै राय दिइ सक्नुभएको छ, बुधवार सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिनुभएको छ । अब पूर्णमान शाक्य र गीत पाठकले राय दिनुहुनेछ । त्यसपछि अदालतले प्रतिनिधि सभा विघटनविरुद्धका रिटको फैसला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप नेपाल आइपुग्यो

भोटेकोसी विपद्मा ऐक्यबद्धता जनाउने दललाई रवि लामिछानेको धन्यवाद

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu