काठमाडौं, ६ फागुन । कोरोनाविरुद्धको खोपको विरतणप्रति संयुक्त राष्ट्र सङ्घले असन्तुष्टि जनाएको छ । संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुट्रेसले कोरोनाविरुद्धको खोप वितरणमा असमानता बढेको भन्दै आलोचना गर्नु भएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भएको उच्चस्तरीय बैठकमा गुट्रेसले १३० राष्ट्रले अझै पनि कोरोनाविरुद्धको पहिलो खोप नपाएको भन्दै तीखो आलोचना गर्नुभयो ।
कोरोनाको महामारीका कारण विश्व नै आक्रान्त बनेको यो अवस्थामा खोप वितरणमा समानता नहुनु दुःख लाग्दो कुरा भएको उहाँको भनाइ छ । उहाँले कोरोनाविरुद्धको खोपको निष्पक्ष वितरण सुनिश्चित गर्न शक्ति र पहुँच भएका व्यक्ति, वैज्ञानिक, खोप उत्पादक कम्पनीलाई खोप वितरणको योजना एकसाथ बनाउन आह्वान पनि गर्नु भएको छ । कोरोना विरुद्धको खोपमा सबैको पहुँच पुर्याउन यो निकै आवश्यक भएको पनि गुट्रेसको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्