ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमिकस क्युरीका शाक्यले भन्नुभयो ‘नेकपा विवादको मारमा संसद् र सांसद किन पर्ने ?’


एबीसी / संवाददाता
६ फाल्गुन २०७७, बिहिबार   ६ : ०२   बजे

काठमाडौँ, ६ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि बिहीवार (आज) सम्म अदालतका सहयोगी अर्थात् एमिकस क्युरीका चार जना सदस्यले राय दिएका छन् । बुधवारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिएकोमा बिहीवार पूर्णमान शाक्यले राय दिनुभएको छ ।

शाक्यले प्रधानमन्त्रीले आफ्नो पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न नमिल्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता शाक्यले सिङ्गो संसद् र अन्य दलका सांसद नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवादको मारमा किन पर्ने रु भन्दै प्रश्न पनि गर्नुभएको छ ।

पार्टीको विवादलाई आधार बनाएर संसद् भङ्ग गरेर अन्य व्यक्तिलाई समेत प्रधानमन्त्री हुन पाउने बाटो ओलीले छेकेको शाक्यको भनाइ छ । एमिकस क्युरीका पाँच जनामध्ये बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र पूर्णमान शाक्यले प्रतिनिधि सभा विघटनलाई गलत भनेका छन् भने विजयकान्त मैनालीले प्रतिनिधि सभा विघटनको बचाउ गर्नुभएको छ । अब गीता पाठकले राय दिन बाँकी छ ।

शुक्रवार ९भोलि० पाठकले राय दिएपछि सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि फैसलाको तयारी गर्नेछ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोध हुँदै आएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu