काठमाडौं, ८ फागुन । लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ ।लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ३–२ ले पराजित गर्दै लियोन शीर्ष स्थानमा पुगेको हो ।
ब्रेस्टको मैदानमा भएको खेलमा लियोनका लागि तोलेन्टिनो कोएल्हो डी लिमा नवौँ, एऔर २९औँ र मेम्फिस डिपेय ४४औँ मिनेटमा पेनाल्टी गोल गरे । ब्रेस्टका लागि चार्डोनेटले ५३औँ र कार्डोनाले ७४ औँ मिनेटमा गोल गरेर खेलमा फर्कने कोशिस गरे पनि जितका लागि पर्याप्त रहेन । जितसँगै लियोनको २६ खेलबाट ५५ अंक बटुलेको छ ।
प्रतिक्रिया दिनुहोस्