वीरगंज, ,१० फागुन । पर्सा प्रहरीले दुई महिनाको अवधिमा भन्सार छलेर भित्र्याएको २ करोड रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सिमानाकामा हुने तस्करीमा कडाइ गरेपछि गत पुसदेखि फागुन पहिलो सातासम्मको अवधिमा २ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुृर पाण्डेले जानकारी दिनुभयो । तस्करहरुले भन्सार छलेर नेपाल भित्र्याउदै गरेका लत्ताकपडा, हाडवेयरका सामान, मरिच, मोटर, छोहडा, भैसी, सवारीसाधनका पाटपूर्जा लगायत बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध सामानसहित पक्राउ परेका तस्करहरुलाई आवश्यक कारवाहीसमेत गरेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । पाण्डेले गत पुसदेखि आफूले पर्सामा कार्यभार सम्हालेयता सिमानाकामा हुने तस्करीका गतिविधिमा कडाइ गरिएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्