ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको छ – सभामुख सापकोटा


एबीसी / संवाददाता
१७ फाल्गुन २०७७, सोमबार   ६ : ४५   बजे

काठमाडौं, १७ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सुशासन कायम गर्न कानुनको शुद्धता र गुणस्तरले बढी भुमिका खेल्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख सापकोटाले सुशासनको क्षेत्रमा महत्वपूर्ण विधि, विधान, नीति निर्माण र कानुन भएको भन्दै सुशासन कायम गर्नको लागि कानुनको शुद्धता, पवित्रता र काननुको गुणस्तरले सबैभन्दा बढी भुमिका खेल्ने बताउनुभएको हो ।

कानुनमा भएका स–साना छिद्र भित्र पसेर ठुला ठुला अत्याचार हुने गरेको भन्दै उहाँले कानुनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘सुशासनको क्षेत्रमा मलाई के लाग्यो त भन्दाखेरी विधि विधान, नीति निर्माण, कानुन । म कानुनको विद्यार्थी त होइन । अहिले मलाई जब कानुनको अलिकति सुक्ष्म अध्ययन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । मलाई के लाग्यो त भन्दाखेरी कानुन निर्माणदेखि लिएर कानुनमा हुने छिद्रहरु र कानुनको शुद्धता, पवित्रता, कानुनको गुणस्तरले चाहिँ सुशासन कायम गर्नका लागि सबैभन्दा बढी भुमिका खेल्छन् । तपाई हामिलाई थाहा छ त्यहाँ छिद्र भित्र पसेर धेरै ठुला कुरा हुँदारहेछन् । एउटा कमा हुँदा र नुहुदा, ‘र’ र ‘वा’ को विचमा कति ठुला कुरा भइराखेको हुँदा रहेछन् । त्यसरी कति ठुला अत्याचारहरु भइराखेका छन् ।’

सभामुख सापकोटाले नेपालको संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको र नयाँ मुल्यमान्यताहरुलाई आत्मसात गर्न खोजेको बताउनुभयो । संविधानले मौलिक अभ्यास गर्न खोजेको भन्दै उहाँले संविधानलाई अझैपनि विकास, परिमार्जन र संशोधन गर्नुपर्ने आवश्यकता रहेको र सो को लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो संविधानले लोकतन्त्रको सबै आयामहरुलाई समेटेको छ । र नयाँ मुल्यमान्यतालाई पनि आत्मसात गर्न खोजेको छ । हाम्रो संविधान साच्चिकै दुनियाको मौलिक छ । र यसले मौलिक अभ्यास गर्न खोजेको छ हाम्रो संविधानले । यो परम्परागत संसदीय व्यवस्था पनि होईन र यो हाम्रै मौलिकतामा, मौलिक जगमा खडा भएको छ । नेपालीपन छ यसमा । नेपाली मौलिकता छ । र त्यो संविधानमा फेरिपनि हामिले विकास गर्नुछ । परिमार्जन गर्नुछ । संशोधन गर्नुछ । त्यो संशोधन, परिमार्जन र विकास गर्नका लागि यसको सफल कार्यान्वयन गर्नुछ ।’

सभामुख सापकोटाले संसद पुर्नस्थापनको निम्ति नेपाली पत्रकारिताले महत्वपूर्ण भुमिका खेलेकाले नेपाली पत्रकारिता प्रति आफ्नो छाति गर्वले फुलेको र श्रद्धाले शिर झुकेको समेत बताउनुभयो । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवस (इञ्जा डे) को अवसरमा इञ्जा खोजी पत्रकारिता पुरस्कारबाट पत्रकारद्य सुशिल पन्त र टपेन्द्र कार्कीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी इञ्जाले पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई विशेष सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group