ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसोका कारण सिरहाको जनजीवन प्रभावित


admin
३ पुस २०७४, सोमबार   ५ : ३८   बजे
सिरहा, ३ पौष । सिरहामा पछिल्लो केही दिनदेखि बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ भने हुस्सु लागेकाले सडकमा सवारी साधनहरु बत्ती बालेर चलिरहेका छन् ।
जाडोका कारण सिरहाको मिर्चैया, गोलबजार, लहान र सिरहा सदरमुकाम लगायतका व्यापारिक ठाउँहरुमा चहलपहल कम भएको छ । स्थानीय हाट बजारमा मानिसहरुको चलपहल कम हुँदा अन्य सामानको व्यापार घटे पनि जाडोको लुगाको व्यापार भने बढेको देखिन्छ । जाडोका कारणले मानिसहरु अति जरुरी कामबाहेक बाहिर निस्किन सकिरहेका छैनन ।
शुक्रबार बिहानदेखि नै राम्ररी घाम नलाग्दा चिसो बढेको हो । चिसोका कारण बृद्धबृद्धा र बालबालिका बढि प्रभावित भएका छन् । चिसोकै कारण अस्पतालमा अहिले दैनिक ३५ देखि ४० जना रुघाखोकी, भाइरल ज्वरो, श्वासप्रश्वास, हाडजोर्नी, निमोनिया, कुल डायरियाका बिरामी उपचारको लागि आउन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. चुमन लाल दासले बताए ।
उनले जाडोबाट बच्न तातो झोलिलो खानेकुरा बढि मात्रामा खानुपर्ने, न्यानो कपडा लगाउनु पर्ने र घरभित्रै बस्नु पर्ने र कुनै समस्या भए अस्पतालमा गएर उपचार गराउन सुझाव दिएका छन् । त्यस्तै जिल्लाभर चिसो बढे पनि स्थानीय विद्यालयहरु खुलिरहेका छन् ।
जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोका अनुसार स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कारण बालबालिकाको पठनपाठन निरन्तर हुन नसकेकाले चिसोका कारण तत्कालै विद्यालय बन्द नगराइने तर जोखिमपूर्ण अवस्था आए जिल्ला शिक्षा समितिको बैठक बसेर निर्णय गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group