सिरहा, ३ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई लहानमा पक्राउ गरेका छन् ।
कन्ट्रक्शन दर्ताको लागि सिफारिस पाउंन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय सिरहामा निवेदन दिएका थिए । सिफारिस वापत इन्जिनियर यादवले घुस माग गरेको थियो ।
कार्यालयमा घुस लिन नमिल्ने भन्दै कन्ट्रक्शनका प्रोपराइटरपक्षले लहानको महावीर मिष्ठान भण्डारमा आठ हजार रुपैयां इन्जिनियर रामबहादुर यादवलाई दिने क्रममा अख्तियारका टोलीले पक्राउ गरिएको एसपि कृष्णसिंह थापाले बताए । घरेलु तथा साना उद्योग कार्यालय लहानले कन्ट्रक्शन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालय सिरहाको सिफारिस माग गरिएको थियो ।
पक्राउ परेका यादवलाई विशेष अनुसान्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी लगिएको र भोली काठमाडौं पठाउने एसपी थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्