ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘यो लड्डु खाने खुशी हो’ – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२२ फाल्गुन २०७७, शनिबार   ९ : ०५   बजे

काठमाडौं, २२ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाण्डौमा ल्याउने काम नेपालका लागि नयाँ सिकाइ र महत्वपूर्ण काम भएको बताउनुभएको छ । मेलम्ची खोलाको पानी काठमाण्डौको वाग्मती नदीमा बगाउने कामको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा नयाँ प्रविधिको प्रयोग गरी एक ठाउँको पानी अर्को ठाउँमा पुर्याउने काम भएको बताउनुभयो ।

आफ्नो सबै कपाल कालै हुँदा सुरु भएको योजना आफ्नो सबै कपाल सेतै भएपछि आइपुगेको भन्दै उहाँले लामो समयमा हुन नसकेको काम आफू नेतृत्वको सरकारले गरेको बताउनुभयो । उहाँले कोशीमा बग्ने पानी वाग्मतीमा बग्न थालेको र यो पानी उपत्यकाबासीलाई दिएको भन्दै मेलम्ची प्रभावित क्षेत्रका बासिन्दालाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले आजको दिन लड्डु खाने किसिमको खुशी भएको बताउनुभयो । काठमाण्डौका बासिन्दाले मेलम्ची खोलाको पानी पिउन पाउने कुराको ग्यारेण्टी भएको दिन भन्दै उहाँले अब काठमाण्डौबासीले केही समयभित्रै मेलम्चीको पानी प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले आगामी शिवरात्रिसम्म वाग्मतीमा सफा पानी बग्ने पनि बताउनुभयो ।

यस्तै उहाँले केही परीक्षण सम्पन्न गरेर चाँडै काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने बताउनुभयो । पानी काठमाण्डौ ल्याउने तथा वितरणको क्रममा कुनै दुर्घटना हुन नदिइ काम गरेर केही समयमै पानी वितरण हुने उहाँको भनाइ छ । त्यसपछि काठमाण्डौबासीले पानीको हाहाकार भोग्नु नपर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।   प्रधानमन्त्री ओलीले आफूहरुले काममा मात्रै ध्यान दिएकोले अहिलेसम्मकै धेरै उपलब्धीहरु प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group