काठमाडौं, २३ फागुन । नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ । प्रचण्ड–माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो, जुन बैठकमा ११५ सांसद उपस्थिति रहेको उनीहरूको दाबी छ ।दल नेता परिवर्तनको त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव भरतराज गौतमलाई भेट्नुभएको थियो । महासचिव गौतमले नेता परिवर्तनको पत्र दर्ता गर्नुभएको छैन । उहाँले कानूनी रुपमा सल्लाह गरेर अगाडि बढ्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्