काठमाडौँ, २३ फागुन । नेकपा संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएको व्यहोराको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ सांसद् रामनारायण बिडारीले बताउनुभयो । आइतबार दिउँसो २ बजेतिर महासचिवको कक्षमा प्रचण्ड नेपालसहित सांसदहरू निवेदन लिएर जानुभएको थियो । महासचिवले पत्र बुझेपनि दर्ता गर्न भने मान्नु् भएको थिएन । फागुन २१ गतेको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको थियो । आइतबार पनि दलको बैठकपछि प्रचण्ड– नेपाल पक्ष महासचिवकहाँ निवेदन लिएर गएका थिए ।
प्रतिक्रिया दिनुहोस्