काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नामबारे सर्वोच्च अदालतले गरेको फैसला अपेक्षा भन्दा फरक आएको टिप्पणी गर्नुभएको छ । सर्वोच्चको फैसला लगत्तै संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफुहरुले अपेक्षा गरे भन्दा फरक तरिकाले अदालतको फैसाल आएको बताउनुभयो । प्रचण्डले फैसला पुरै नहेरी थप टिप्पणी नगर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’
प्रतिक्रिया दिनुहोस्