काठमाडौं, २३ फागुन ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आइतवार गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अपराह्न झण्डै चार बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली झण्डै आधा घण्टा बसेर फर्किनुभएको थियो । अपराह्न चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको अधिवेशन अहिले सुरु भएको छ ।सर्वोच्च अदालतले आइतवार नै नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० अलग–अलग राजनीतिक दलका रूपमा पहिलेकै अवस्थामा कायम रहने फैसला गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्