काठमाडौं, २३ फागुन । नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका हुन् ।
सांसद भीम रावलले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश ल्याउने कानुनी अधिकार गुमाएकाले राष्ट्रपतिबाट आएको पत्र पढेर सुनाउन नमिल्ने बताउनुभएको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले पत्र पढेर सुनाउन लागेपछि प्रचण्ड–नेपाल पक्षका सांसदले बैठक बहिष्कार गरेर बाहिरिएका हुन् ।
यसैवीच नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्