काठमाडौं, २३ फागुन । पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, भट्टराईले भन्नुभयो । संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किनु भएको छ । ओली फर्कनासाथ दलको बैठक बोलाउनुभएको हो । आइतबारमात्रै सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरेको छ ।
प्रतिक्रिया दिनुहोस्