ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन दुर्व्यवहारमा उच्च सैनिक अधिकृत बर्खास्त : घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा


एबीसी / संवाददाता
२८ फाल्गुन २०७७, शुक्रबार   ७ : २०   बजे

काठमाडौं, २८ फागुन । नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेका छन् । संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् । सैनिक स्रोतका अनुसार कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि सेनाले उनलाई सेवाबाट बर्खास्त गरेको हो ।कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् । कोर्ट अफ इन्क्वायरीले अनुसन्धानका क्रममा कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनशाय देखिएको स्रोतले बतायो ।

जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्को महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको अनुसन्धानमा पत्ता लागेको हो । ‘नेपाली सेनामा यौन दुर्व्यवहार जस्ता विषयमा शून्य सहनशीलता छ । कसैले गल्ती गरेको पत्ता लागेपछि सेनाको ऐन, नियमअनुसार कारबाही हुन्छ,’ प्रवक्ता पौडेलले भन्नुभयो, ‘कार्कीलाई पनि सैनिक ऐन, अनुशासन र आचारसंहितालाई टेकेर कारबाही गरिएको हो ।’सैनिक स्रोतका अनुसार जर्नेल पंकज कार्कीले आफ्नो यौन दुर्व्यवहारको विषय सहायक बाहिनीपति रामचन्द्र कार्कीले बाहिर ल्याएको भन्दै अन्तरिक छानबिन सुरु गराएका थिए । दुईबीच विवाद भएपछि उक्त घटना मध्य–पूर्वी पृतनामा पुगेको थियो । दुर्व्यवहारको घटना र दुई जनाको द्वन्द्वको विषय पृतनाले केन्द्रमा जानकारी गराएपछि सैनिक मुख्यालयले त्यस घटनाको विषयमा छानबिन गरेको थियो ।

‘उक्त छानबिनको दौरानमा जर्नेल पंकज कार्कीसहित उनीसँग जोडिएका अन्यको पनि मोइबल फोन र त्यसको म्यासेजलाई हेरिएको थियो । जसमा पंकजको सम्पूर्ण कुरा बाहिर आयो,’ सैनिक स्रोतले भन्यो, ‘त्यसपछि उनीसँग संलग्न अन्यलाई पनि बोलाएर सोधियो । र, उनी दोषी भएको प्रमाणित भयो ।’सहायकरथी कार्की अमेरिकाबाट नेसनल डिफेन्स कलेज कोर्स गरेर फर्केका थिए । खानदानी पारिवारिक पृष्ठभूमिका उनलाई सेनामा राम्रो सम्भावना बोकेका जर्नेलका रूपमा लिइएको जानकारहरू बताउँछन् । उनी लेफ्टिनेन्ट कर्णेल हुँदा उत्कृष्ट कार्य गरेको भन्दै फास्ट ट्रयाकबाट कर्णेलमा बढुवा भएका थिए ।

यसअघि सेनाले सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाललाई भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेको थियो । भ्रष्टाचारकै अभियोगमा पाइलट उपरथी सुधीर श्रेष्ठमाथि पनि सेनाले कारबाही गरेको थियो । भ्रष्टाचार रोक्न प्रधानसेनापति पूर्णचन्द्र थापाले ओभरसाइट सेल गठन गरेका छन् । भ्रष्टाचार तथा पदीय दुरुपयोगको अभियोगमा सेनाले पछिल्ला दुई वर्षमा विभिन्न तहका २७ सय सैनिकलाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group